हुलाक सेवाको आस्तित्व संकटमा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हुलाक सेवाको आस्तित्व संकटमा !

hulak karyalaya

काठमाडौं, २१ फागुन । एक ताका नेपालको सञ्चार साधन मध्येको महत्वपूर्ण मानिने हुलाक सेवा आज भोली प्रभावहिन बन्दै आएको छ । हुलाकमा हुने हरेक कामहरु मानिसहरुले मोबाईल फोन, ईन्टरनेट, ईमेलले र प्राइभेट पार्सलहरुले विस्थापित गर्दै लगेपछि हुलाकमा काम गर्नै कर्मचारीहरु नैं कामबिहिन बनेका छन् भने हुलाक सेवा बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।

वि.सं. १९३५ मा हुलाक घरको स्थापनाबाट सुरु भएको हुलाक सेवा व्यक्ति र सरकारको सूचना आदानप्रदानको निविकल्प माध्यम बनेको थियो । हुलाक ऐन २०१९ अन्र्तगत देशभर नै स्थापना भएको हुलाकले व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न कुनै बेला प्रमुख मध्यमका रुपमा काम गरेको थियो । प्रविधिसँग जोडिन नसक्नु अनि समायानुकुल सेवामा रुपान्तरण गर्न नसक्नुले हुलाक अहिले लोपोन्मुख अवस्थामा छ । सरकारका कागजी सूचनाको औपचारिकतामा सिमित भएको हुलाक सेवाग्राहीको आवश्यकता समेत बन्न सकिरहेको छैन ।

मोबाइल र इन्टरनेटको विकास अनि सूचना आदानप्रदानमा इमेल तथा फेसबुक, भाइबर, ट्वीटर, ह्वाट्स्एप जस्ता सामाजिक सञ्जालको प्रयोग सँगै हुलाक सेवा विस्थापनको संघारमा पुगेको हो । हुलाक सेवाको अस्तित्व नै संकटमा परेपछि विभागीय नेतृत्व यतिवेला हुलाक सेवाको औचित्य कसरी स्थापित होला भनेर अध्ययन गरिरहेको छ ।

अहिले देशभरका ३ हजार भन्दा बढि हुलाक कार्यालयमा झन्डै १७ हजार कर्मचारी कार्यरत छन् । हुलाकले एकसय ९२ वटा राष्ट्रहरुमा पार्सलसहितका काम गर्दै आएको छ । तर, हुलाकको औचित्य नागरिकसँग सरोकार हुने काममा नहुँदा हुलाक सेवामा जानु पनि निजामति कार्मचारीका लागि सजायजस्तै बनेको छ । उनीहरुले न त काम पाएका छन् न त नयाँ कुरा सिक्न नै पाएका छन् ।

त्यसैले अध्ययनका लागि खाली समय आवश्यक हुने कर्मचारीले हुलाक सेवा रोज्ने गरेको छन् भने सेवा परिवर्तनमा कर्मचारीलाई नसिहतका रुपमा हुलाकमा पठाउने गरिएको छ । हुलाक कार्यालयले टिकट बिक्रीबाहेक आधृुनिक कुरियरसहितका सेवा थपेर प्रभावकारी बनाउने प्रस्ताव कर्मचारी तहबाट आइरहेको छ । तर, सरकारले त्यसतर्फ पनि ध्यान नदिदा कर्मचारी कामबिहिन मात्र भएका छैनन् हुलाक सेवाको औचित्यमा समेत प्रश्न उठिरहेको छ ।

पछिल्लो समय हुलाकको प्रयोग त्यतिधेरै नभएपनि हरेक सरकारी निवेदनमा टिकटको प्रयोग अनिवार्य गरिएको तथा औपचारिक पत्रचारको माध्यम पनि हुलाकलाई नै बनाइएकाले सरकारी कारणले मात्र हुलाक अस्तित्वमा छ । समान्य मानिसले हुलाकको औचित्य देखिरहेका छैनन् ।

हुलाक सेवा संघीयतामा कसरी लैजाने भन्ने अध्ययन अहिले भइरहेको छ । टेलिसेन्टर, बचत बैंक, धनादेश, ईएमएस, विप्रेषण, डाकसहितका सेवासंचालन गर्दै आएको हुलाकले गोश्वरा हुलाकमार्फत पार्सल सेवासमेत प्रदान गर्दै आएको थियो । तर ती सबै सेवा निजी क्षेत्रले दिन थालेपछि हुलाक सेवा डाक सेवामा सिमित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);