आज विश्व हुलाक दिवस : नेपालको हुलाक एकादेशको कथा बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

आज विश्व हुलाक दिवस : नेपालको हुलाक एकादेशको कथा बन्दै

काठमाडौं । आज ९ अक्टोबर । विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदै छ । ९ अक्टोबर  १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ ।  

नेपालले  सन् १९७६ अर्थात २६ असोज २०१३ बाट विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो । यस वर्ष ‘इनोभेट टु रिकभर’ नाराका साथ विश्वभर विश्व हुलाक दिवस मनाइँदैछ ।

विश्वमा सन् १६३५ बाट आधुनिक हुलाक सेवा सुरु भएको मानिन्छ । कतिपय देशमा अहिले हुलाकको अस्तित्व  छैन भने कतिपय देशले हुलाक सेवालाई आधुनिक बनाएका छन् । विश्व हुलाक संघको एक तथ्यांकअनुसार विश्वका १९२ देशमा ५० लाख भन्दा बढी हुलाककर्मी छन् । 

नेपालमा हुलाक सेवा र यसको इतिहास
१९३५ सालमा ‘नेपाल हुलाक घर’ को स्थापना भएसँगै नेपालमा हुलाक सेवाको सुरुवात भएको होे । यसपछि १९३७ मा तारिख टाँचाको पहिलो प्रयोग भएको थियो । १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन भएको थियो ।

१९९३ मा नेपाल र भारतबीच सम्झौता भएपछि नेपाली र भारतीय टिकटको प्रयोगमा भारतमा र नेपालबीच पत्र पठाउने कामको सुरुवात भएको थियो । १ वैशाख २०१६ देखि नेपालले अन्तर्राष्ट्रिय हुलाक सेवा सञ्चालनमा ल्याएको थियो  । 

सञ्चारका अन्य माध्यमको विकास भएसँगै हुलाक सेवा पछिल्लो समय ओझेलमा पर्दै भएको छ । सञ्चारका अन्य माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि नेपालमा अहिले हुलाक सेवा संकटमा परेको छ । सरकारले उपत्यकामा सञ्चालन भइरहेको घुम्ती हुलाक सेवालाई देशभर लैजाने भने पनि अहिलेसम्म त्यसमा कुनै काम भने हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);