काठमाडौँ ।
प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाई दिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्ति संसदमा नै आएर नसच्याई संसद बैठक चल्न नदिने विपक्षहरुको अडान रहेको स्पष्ट पार्दैै सदन सुचारु गराउनका लागि वातावरण बनाउन सभामुख अर्यालसँग अनुरोध गर्नुभएको हो । नेता पुनले प्रधानमन्त्री साहले दिएको उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग पनि दोहो¥याउनु भयो ।
उहाँले सदनको गतिरोध अन्त्यका लागि सत्तारुढ रास्वपाले पनि विभिन्न विकल्पहरु ल्याएको उल्लेख गर्दै त्यसमा बसेर छलफल गर्न पनि सभामुख अर्यालले आवश्यक सहजीकरण गर्नुपर्ने तर्क गर्नुभयो । त्यस अवसरमा नेता पुनले प्रतिपक्ष दलहरु संसद नियमित चलोस भन्नेमा प्रतिवद्ध रहेको बताउनु भयो ।




