करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माण हुनुअघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

करका दरको जानकारी अर्थमन्त्री बाहेक कसैलाई नहुने अवस्थामा सूचना चुहावट हुनु गम्भीर विषय भएको  भन्दै शाहीले अर्थमन्त्री वाग्लेमाथि संसदीय छानविनि हुनुपर्ने समेत बताउनु भयो । उहाँले करका दर परिवर्तन हुने सूचना चुहावटकै आधारमा ७५६ वटा गाडी केरला नाकाबाट नेपाल भित्रिएको समेत जिकिर गर्नुभयो । उहाँले संख्याकै बलमा कुशासनको बाटोमा नलाग्न समेत रास्वपालाई आग्रह गर्नुभयो ।

Leave a Reply