विश्व हुलाक दिवस नेपालमा पनि मनाईयो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

विश्व हुलाक दिवस नेपालमा पनि मनाईयो

काठमाडौं, २३ असोज । विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष नेपालले ‘समावेशी विकास र समुन्नत अर्थतन्त्रका लागि सुदृढ हुलाक सेवा’ भन्ने मूल नाराका साथ विश्व हुलाक दिवस मनाएको हो ।

यसै अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गोश्वारा हुलाक कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले हुलाक सेवालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले हुलाक सेवाको आवश्यक्ता र औचित्यका बारेमा पनि प्रकाश पारेका छन् ।

हुलाक सेवालाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने पुरानो माध्यामको रुपमा लिइन्छ । सुचना र संचारको आवश्यक्तालाई महशुस गरेर सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो ।

नेपालले भने सन् १९५६ मा यसको सदस्यता लिएको थियो । विश्व हुलाक संघको सदस्यता लिएसँगै नेपालले पनि विश्व हुलाक दिवस मनाउँदै आएको छ । सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता पनि जनाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);