व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले सरकारले निजी क्षेत्रका व्यवसायीलाई सम्पती विवरण भर्न लगाइएको प्रति आपत्ति जनाउनुभएको छ ।
महासंघले आयोजना गरेको एक कार्यक्रममा उहाँले सरकारी निकाय र बोर्डहरूमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका झन्डै एक हजार व्यवसायीसहित ५० हजारलाई सम्पती विवरण भर्न लगाइएको प्रति आपत्ति जनाउनुभएको हो । यसले बजारमा गलत सन्देश गएको बताउँदै उहाँले बोर्डमा बस्ने निजी क्षेत्रका प्रतिनिधिहरूलाई यो झन्झटिलो व्यवस्थाबाट मुक्त गरिनुपर्ने बताउनु भयो । उहाँले स्टार्टअपका लागि बिना धितो कर्जाको व्यवस्था सराहनीय भएपनि यसको परिभाषा, ब्याजदर र ऋणको मोडालिटीमा पुनरावलोकन आवश्यक रहेको बताउनु भयो । ‘नागरिक एप’मा बिजनेश आइकन थपेर व्यवसाय दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकीकृत गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

अध्यक्ष श्रेष्ठले  देशको कुल स्रोतको ६० प्रतिशत चालु खर्च र मात्र २० प्रतिशत पुँजीगत खर्च हुनुले ‘भविष्य निर्माण भन्दा वर्तमान धान्न’ केन्द्रित भएको तथ्य उजागर गर्ने श्रेष्ठले बताउनु भयो । नीतिगत अस्थिरता र अन्तर–निकाय समन्वयको अभावलाई ‘पुरानो रोग’को भएको बताउँदै उहाँले यी समस्या समाधान नभए ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने बताउनु भयो ।

Leave a Reply