प्रधानमन्त्री ओलीद्वारा मानसिक स्वास्थ्यबारे मनोचिकित्सकहरूसँग परामर्श | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा मानसिक स्वास्थ्यबारे मनोचिकित्सकहरूसँग परामर्श

काठमाडाैं, २३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिनुभएकाे छ । 

मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग परामर्शका क्रममा निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने उहाँले जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनु भयाे ।

मनोचिकित्सकहरूले भने लकडाउन र निषेधाज्ञाले मानसिक समस्या बढाएको र आत्महत्याको दर बढ्दै गएको बताएका थिए । नेपालमा मनोस्वास्थ्यलाई महत्व नदिएको पनि उनीहरूले प्रधानमन्त्रीसँग गुनासो गरे ।

छलफलमा प्रा. डा. सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्रा. डा. सरोजप्रसाद ओझा, प्रा. डा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायतका सहभागी थिए । सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालिन र दीर्घकालिन उपायहरू प्रस्तुत गरेको सल्लाहाकार थापाले जनाएका जनाउनुभएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);