रेल विभागद्वारा विवादित ५४ वटा ठेक्का रद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रेल विभागद्वारा विवादित ५४ वटा ठेक्का रद्ध

काठमाडौं, २३ भदौ । विवादित पूर्व पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका सबै ५४ वटा ठेक्का रद्द गरिएको छ । रेल विभागले आज सूचना प्रकाशित गर्दै गत असार १३ र १७ गते निकालिएको ५४ वटै प्याकेजको ठेक्का रद्द गरेको जनाएको हो ।

राष्ट्रिय गौरवको आयोजनाो रुपमा रहेको पूर्व पश्चिम रेलमार्ग अन्तर्गत झापाको काँकडभिट्टाबाट सुनसरीको इनरुवासम्म १ सय ६ किलोमिटर ट्रयाक बेड, माटो भर्ने काम तयार गर्न भन्दै असारमा टेन्डर गरिएको थियो । विभागले असार १३ मा ३० र १७ गते २४ वटा गरेर कुल ५४ वटा प्याकेजमा टेन्डर आह्वान गरेको थियो ।

जसमा झापामा २४ र सुनसरी, मोरङमा ३० वटा खण्ड पर्छन् ।तर, सीमित व्यवसायीलाई ठेक्का दिने गरी टेन्डर गरिएको भन्दै यसको सर्वत्र विरोध भएको थियो । ठेक्कामा कार्टेलिङ भएको भन्दै मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाविरुद्ध व्यवसायीबाट उच्च अदालत पाटनमा मुद्दा समेत दायर भएको थियो ।

सीमित ठेकेदारलाई लाभ हुने गरी टेन्डर आह्वान गरिएकाले खारेजीको माग गर्दै मुद्दा हालिएको थियो । पूर्वाधार विज्ञहरुले पनि पूर्वतयारी विनै मिलेमतोमा ठेक्का गरेको भन्दै यसको विरोध गर्दै आएका छन् । सबैतिरबाट बिरोध भएपछि ठेक्का रेल बिभाग पछि हटेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);