व्यवसायिक तरकारी खेतीबाटै वार्षिक ४ लाखसम्म बचत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

व्यवसायिक तरकारी खेतीबाटै वार्षिक ४ लाखसम्म बचत

tarkari kheti palpa

प्रकाश नेपाल
पाल्पा, २१ फागुन । देशमा रोजगारीको अवसर छैन भन्दै विदेशीनेको होडबाजी चल्दा पाल्पाका एक कृषक भने स्वदेश मै कृषिमा लागेर जिल्लामै नमूना बन्दैछन् । तानसेनका छविलाल पाण्डे तरकारीको व्यवसायिक खेतीबाटै वार्षिक ४ लाखसम्म बचत गर्न सफल भएका छन् ।

रोजगारीका लागि भारतमा नोकरी गरिरहेका छविलाल पण्डेले ४ बर्ष अगाडि नेपाल आएर तरकारी खेती सुरु गरेका हुन् । नेपालमै केही गर्नु पर्छ भन्ने मनसायले भारतको जागिर छाडेर तरकारी खेती सुरु गरेका पाण्डेले तरकारी खेतीबाट स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उहाहारण दिएका छन् । पाण्डेले अहिले तरकारी खेतीबाटै बार्षिक ३ देखि ४ लाखसम्म बचत गर्न सफल भएका छन् ।

पाण्डेले तरकारी खेतीबाट आएको आम्दानीले आफ्नो ८ जनाको परिवार मजासँग चलाएका छन् । उनले अहिले ५ रोपनी जमिनमा काउली, बन्दा, मूला, गाजर, लसुन, प्याज, आलु लगायतका तरकारी लगाएका छन् । पाण्डे विहानदेखि साँझसम्म तरकारीकै स्याहार सुसारमा व्यस्त हुन्छन् । आफ्नो खेतबारीमा उत्पादन भएका तरकारी बिक्रीका लागि पनि आफै बोकेर बजारसम्म पु¥याँउछन् ।

तरकारी खेतीमा पाण्डेलाई उनको परिवारको समेत साथ छ । पहिला छोरा विदेशीएको बेलामा राम्रो आम्दानी गर्न नसकेकोमा अहिले छोरा आफैसगँ बसेर तरकारी उत्पादन गरी राखेकोमा छविलाल पाण्डेकी आमा पनि सन्तुष्ट छिन् ।

उत्पादित तरकारी आफैले बजार पु¥याउन सकिए राम्रो नाफा हुनेमा पाण्डे परिवारले राम्रोसँग बुझेको छ । तैपनि बिचौलियाहरुको बिगबिगीले धेरै समस्या भएको पाण्डे बताउनछन् ।

तरकारी खेतीबाट राम्रो आम्दानी भएकोले अब १० रोपनी क्षेत्रफमा तरकारी खेती गर्ने योजना पाण्डे परिवारको छ । यससँगै पाण्डे परिवारले बाख्रा पालन गर्ने सोच समेत बनाएका छन् । आफु जस्ता युवाहरुलाई स्वदेश मै मिहिनेत गर्न समेत पाण्डे अनुरोध गर्छन् । व्यवसायिक कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ र पैसा कमाउनकै लागि विदेश जानु पर्दैन भन्ने उदाहरण पाण्डे पारिवारले देखाएको छ ।

पाण्डे परिवार त एउटा नमूना प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै युवा र परिवार छन् जसले कृषि र पशुपालन व्यवसायबाट स्वदेशमै परिवारसंगै बसेर मनग्य आम्दानी गरिरहेका छन् । अरु युवाहरुलाई पनि कृषिमा सहभागी गराउनको लागि प्रभावकारी तालिम तथा आर्थिक सहयोगको व्यवस्था गर्न सके नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सकिने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);