अछामका कृषक व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अछामका कृषक व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित

tarkari kheti achham

शुशील भण्डारी
अछाम, १५ पुस । अछामका कृषकहरु व्यवसायिक तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका विभिन्न संघ संस्थाहरुले कृषकहरुलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गरेपछि उनीहरु विस्तारै आत्मानिर्भर बन्दै गएका हुन् ।

बान्नीगडी जयगड गाँउपालिका–१, गाज्रा, अछामका निरक बहादुर खड्काले तरकारी खेती सुरु गरेको करीब चार वर्षमा राम्रो आन्दानी गर्न सफल भएका छन् । खड्काको चार रोपनीमा क्षेत्रफलमा फैलिएको बारीमा अहिले काउली, आलु, टमाटर, प्याजको खेती छ । उत्पादित उनको तरकारी अछामको प्रमुख व्यापारीक केन्द्र साँफेबगर, बयालपाटा र सदरमुकाम मंगलसैन सम्म पुग्ने गरेको खड्का बताउँछन् ।

खड्का केही वर्ष अघि बान्नीगडी जयगढ गाँउपालिकाले स्वरोजगार बन्न ल्याएको कार्यक्रम सहभागी भएका थिए । त्यस कार्यक्रममा अरु कृषक जस्तै आफुले पनि कृषि पेशाबाट घरखर्च चलाएर अहिले वार्षिक ८० हजारसम्म बचत गर्न सफल भएको खड्काको भनाई छ । अछामको बान्नीगढी गाउँपालिकाले यो गाउँ व्यवसायिक रुपमा कृषिकको लागि पकेट क्षेत्र देखेर कार्यक्रम सुरु गरेको जनाएको छ । यो कार्यक्रमबाट गाउँपालिका धेरै कुषक लाभान्वियत भएको मालीका बिकास संघ नेपाल अछामका अध्यक्ष केशव बहादुर रावलले बताए ।

जिल्लाका गैरसरकारी संस्थाहरुले अछामका कृषकहरुलाई तरकारी खेती तर्फ आकर्षण गर्न बिभिन्न कार्यक्रमहरु सञ्चालन गदै आएपनि त्यो पर्याप्त नभएको केही कुषकहरुको भनाई छ । अझै आत्मानिर्भर बन्नका लागि थप कार्यक्रम आवश्यक भएको जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावलले बताए ।

पछिल्लो समयमा मेहनत र परीश्रम गरे विदेशमा मात्र हैन स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिने विज्ञहरुले बताएका छन् । देशमा अहिले पर्यटन, कृषि, पशुपालनमा राम्रो सम्भावना देखिएको छ । धेरै ठाउँमा प्राविधिक र आर्थिक सहयोग नपाएका कारण यूवाहरु कृषि तर्फ आकर्षित हुन सकिरहेका छैनन । तर, अछामका सरकारी र गैरसरकारी संस्थाले ल्याएको स्वरोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सके अछामको उत्पादकत्व वढ्ने विज्ञहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);