डडेलधुराका किसानहरु तरकारी खेतीतर्फ आकर्षित एक रिपोर्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेलधुराका किसानहरु तरकारी खेतीतर्फ आकर्षित एक रिपोर्ट

डडेलधुरा ।
डडेलधुरा आलिताल गाउँपालिकाका किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन । अन्य खेती भन्दा तरकारी खेतीवाट राम्रो आम्दानी हुन थालेपछि किसानहरुले व्यवसायिक रुपमै तरकारी खेती गर्न थालेका हुन् । तर गाउँपालिकाको अधिकांश स्थानमा खानेपानीको समस्या छ । गाउँपालिकाको वडा नम्बर ५ का किसानहरुलाई त तरकारी बारीमा टाढाटाढाबाट विभिन्न भाँडाकुँडामा पानी बोकेर पानी हाल्नुपर्ने समस्या थियो । किसानहरुको लगनशीलता देखेर गाउँपालिकाले दाताहरुको सहयोगमा १७ घरधुरि परिवारलाई खानेपानीको पाइप उपलब्ध गराएको छ । पाइपमार्फत पानी पाएपछि उत्पादन बढाउन सहज भएको भन्दै किसानहरु खुसि भएका छन् ।

स्थानीय स्तरमै व्यवसायिक रुपमै तरकारी उत्पादन हुन थालेपछि तरकारी आयात घट्दै गएको छ । गाउँपालिका र जिल्लास्थित विभिन्न संघ संस्थाहरुले तरकारी खेतीमा आर्थिक तथा प्राविधि सहयोग गर्न थालेपछि किसानहरुलाई तरकारी खेती गर्न सहज भएको गाउँपालिकाले जनाएको छ ।

अहिले गाउँपालिकाका सबै किसान व्यवसायिक रुपमै मौसमी तथा बेमौसमी तरकारी खेतीगर्न थालेका छन् । तरकारी खेतीवाट मौरीपालनका लागि पनि सहयोग पुगेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);