अन्तर्राष्ट्रिय हात्ती फास्ट वाकको उपाधि विजुलीकलीलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अन्तर्राष्ट्रिय हात्ती फास्ट वाकको उपाधि विजुलीकलीलाई

hatti fast walk

चितवन,  १५ पुस । चितवन हात्ती महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय हात्ती फास्ट वाकको उपाधि विजुलीकलीले हात पारेकी छिन् । विजुलीकलीले सौराहा बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै निर्धारित एक सय मिटर दुरी २५ सेकेण्डमा पार गर्दै फास्ट वाकको उपाधि हासिल गरेकी हुन् ।

विजुलीकली क्षेत्रिय होटल संघ सौराहाका पूर्व अध्यक्ष शंकर शैजुको हात्ती हो । बिजुलीकलीले शनिबार मात्र सम्पन्न हात्ती सुन्दरीको समेत उपाधी जितेकी थिइन् । यस्तै नाटाबाट प्रतिनिधित्व गरेको लक्कीकलीले निर्धारित दुरी २७ सेकेण्डमा र मिनिसोबाट प्रतिनिधित्व गरेकी बम्बोजकलीले निर्धारित दुरी २८ सकेण्डमा पार गर्दै तेश्रो भएका हुन् ।

हात्ती पोलो र फुटबलको फाईनल खेल पनि आजै सम्पन्न हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);