टेष्ट क्रिकेट : न्यूजिल्यान्डद्वारा श्रीलंका ४२३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टेष्ट क्रिकेट : न्यूजिल्यान्डद्वारा श्रीलंका ४२३ रनले पराजित

newzealand-vs-srilanka

एजेन्सी, १५ पुस । घरेलु टोली न्यूजिल्यान्डले श्रीलंकासँगको दुई खेलको टेष्ट क्रिकेट सिरिज जितेको छ । आइतबार भएको अन्तिम दिनको खेलमा श्रीलंकालाई २ सय ३६ रनमै अलआउट गरेपछि न्यूजील्यान्डले ऐतिहासिक सफलता हात पारेको हो ।

६ सय ६० रनको विशाल चुनौती पछ्याउँदै आफ्नो दोस्रो इनिङ थालेको श्रीलंकाले ठूलो योगफल तयार पार्न नसकेपछि न्यूजिल्यान्डले ४ सय २३ रनको विशाल जित निकालेको हो । टेष्ट क्रिकेटमै न्युजिल्यान्डले यति ठूलो अन्तरको जित हात पारेको थिएन । यस अघि जिम्बाब्वेलाई २ सय ५४ रनले पराजित गरेको उसका लागि सबैभन्दा भारी अन्तरको जित थियो । ठूलो चुनौती पछ्याउने क्रममा श्रीलंकाका कुनै पनि खेलाडीले उच्च रन बनाउन सकेनन् ।

क्रिष्टचर्चमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा १ सय ७८ रन मात्रै बनाउन सकेको थियो । तर, आफ्नो दोस्रो इनिङ्समा भने न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेटको क्षतिमा ५ सय ८५ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि दुई खेलाडीले शतकीय पारी खेलेका थिए । टोम लाथमले १ सय ७६ रन बनाएका थिए । त्यस्तै, हेनरी निकोलसले अविजित १ सय ६२ रन बनाएका थिए ।जितसँगै न्युजिल्यान्डले दुई खेलको टेष्ट शृंखला आफ्नो पक्षमा पारेको हो । यसअघि भएको पहिलो टेष्ट खेलमा भने दुबै टिमले बराबरी खेलेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);