इंग्लिस प्रिमियर लिग : चेल्सीद्वारा क्रिष्टल प्यालेर पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग : चेल्सीद्वारा क्रिष्टल प्यालेर पराजित

premier league

काठमाडौं, १६ पुस । इंग्लिस प्रिमियर लिग फूटवल अन्तरगत सोमवार बिहान भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराउँदै आफूलाई चौथो स्थानमा कायमै राखेको छ ।

घरेलु मैदान सेलहर्स्ट पार्कमा चेल्सीले क्रिस्टललाई १–० गोल अन्तरले हराएको हो । चेल्सीको जितमा एनगोलो कान्टेले निर्णायक गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ५१ औं मिनेटमा कान्टेले विजयी गोल गरेका थिए । यो जितसँगै चेल्सीले अंक तालिकाको चौथो स्थानमा ५ अंकको अग्रता कायम गरेको छ ।

चेल्सीको २० खेलमा ४३ अंक छ भने पाँचौ स्थानको आर्सनलले २० खेलमा ३८ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलले २० खेलमा ५४ अंक जोड्दा दोस्रो स्थानको सिटीको समान खेलबाट ४७ अंक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);