हुलाक सेवा दिनप्रतिदीन संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हुलाक सेवा दिनप्रतिदीन संकटमा

शम्भु दाहाल
झापा, १२ फागृुन । कुनै समयको संचारको सबै भन्दा विस्वासिलो र छिटो माध्यमका रुपा परिचित हुलाक यतिको यति बेला अीस्तत्व संकटमा परेको छ । व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना आदानप्रदान गर्न बलिायो आधारको रुमपमा रहेको हुलाकलाई सरकारले समय सापेक्ष परिबर्तन गर्न नसक्दा संकटमा परेको हो ।

हुलाक सेवा दिनप्रतिदीन संकटमा

शम्भु दाहाल
झापा, १२ फागृुन  । कुनै समयको संचारको सबै भन्दा विस्वासिलो र छिटो माध्यमका रुपा परिचित हुलाक यतिको यति बेला अीस्तत्व संकटमा परेको छ । व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना आदानप्रदान गर्न बलिायो आधारको रुमपमा रहेको हुलाकलाई सरकारले समय सापेक्ष परिबर्तन गर्न नसक्दा संकटमा परेको हो ।

वि.सं. १९३५ सालदेखि सेवा सुरु गरिएको हुलाकको गाउँगाउँसम्म कार्यालय रहे पनि पछिल्लो समयमा विकसित सुचना, संचार र प्रविधिसँगै परिबतैन नहुँदा कर्मचारीहरु फुर्सर्दीला भएका छन् । हुलाक कार्यालयहरुमा काम नहुँदा कर्मचारीहरु हाजिर मात्रै गरेर समयबिताउँदै आएका छन् । १७ वटा इलाका र ३७ वटा अतिरिक्त हुलाक रहेको झापाका अधिकाशं हुलाका कार्यालयहरुमा सरकारी चिठीपत्र तथा डकुमेन्टस्हरु मात्रै आउँने र पठाउने काम हुने गरेको छ । व्यत्तिगत र पारिवारिक प्रयोजनका लागि हुलाक पुग्ने सेवाग्राहीको संख्या ज्यादै न्युन छ । अधिकाशं हुलाकका कर्मचारी हाजिर गर्न मात्र कार्यालमा पुग्ने गरेका छन् ।

देशका ७० वटाजिल्लामा हुलाक कार्यालय रहेकाछन् । ८ सय ४२ वटा इलाका हुलाक कार्यालय र तीन हजार ७४ वटा अतिरिक्त हुलाक रहेका छन् । जसमा करिब २० हजार कर्मचारी कार्यरत छन् । झापामा मात्रै दरबन्दीका १ सय ८१ कर्मचारी छन् । जिल्ला हुलाक कार्यालय झापाका प्रमुख रामहरी खतिवडा हुलाकका कर्मचारी फुर्सदिला भएको स्वीकार्दै तल्लो तहसम्म संरचना भएको हुलाक र यसका कर्मचारीलाई सरकारले सदुपयोग गर्ने समय आएको बताउनुहुन्छ ।

पछिल्लो चरणमा हुलाकबाट बचत बैङ्क सेवा, टेलिसेन्टर सेवा, धनादेश सेवा, ईएमएस सेवा, विप्रेषणलगायतका सेवा केबलहरुको नविकरण र रोयल्टी शुल्क उठाउने, एक सयवाटसम्मका रेडियोको नवीकरण साथै आवश्यकताअनुसार रेडियो टेलिभिजनको निरीक्षकको जिम्मा पाएको हुलाकलाई समय सापेक्ष परिबर्तन गनुपर्ने सर्वसाधरण बताउँछन् ।

हुलाक सेवा सञ्चालनका लागि सरकारले वार्षिक तीन अर्ब दुई करोड बजेट विनियोजन गर्दै आए पनि जसमध्ये ८० प्रतिशत भन्दा बढी रकम कर्मचारीको तलबभत्तामा मात्रै खर्च हुन गरेको छ । हुलाक सेवालाई अझ आधुनिक तवरले सञ्चालन गर्दे सेवा बिस्तार गर्ने नसक्ने हो भने हुलाक पछिल्लो पुस्ताका लागि इतिहास मात्र हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);