स्थानीय तहको चुनाव घोषणासँगै रामेछापबासी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्थानीय तहको चुनाव घोषणासँगै रामेछापबासी उत्साहित

सुमित श्रेष्ठ
फागुन १३, रामेछाप
सरकारले आगामी वैशाख ३१ गतेको लागि स्थानीय तहको चुनवको मिति घोषणा गरेसँगै रामेछापबासीमा उत्साह छाएको छ । १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन हुने भएपछि रामेछापबासी उत्साहित भएका हुन् ।
स्थानीय तहको निर्वाचन भएपछि जिल्लामा विकास निर्माणको कामले गति लिने स्थानीयको

स्थानीय तहको चुनाव घोषणासँगै रामेछापबासी उत्साहित

सुमित श्रेष्ठ
फागुन १३, रामेछाप
सरकारले आगामी वैशाख ३१ गतेको लागि स्थानीय तहको चुनवको मिति घोषणा गरेसँगै रामेछापबासीमा उत्साह छाएको छ । १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन हुने भएपछि रामेछापबासी उत्साहित भएका हुन् । स्थानीय तहको निर्वाचन भएपछि जिल्लामा विकास निर्माणको कामले गति लिने स्थानीयको विश्वास छ । स्थानीय तह जनप्रतिनिधि बिहीन भएकाले राजनीति दलले पहुँचको आधारमा भगबण्डा गर्दा विकास निर्माणमा अनियमितता बढ्दै गएको छ ।  

विकास निर्माणको कामलाई पहुँचको आधारमा राजनीतिक भागबण्डा गर्दा विकास निर्माणको नाममा भ्रष्टाचार र अनियमितता मौलाएको छ ।  भ्रष्टाचार र अनियमितताको अन्त्य गर्नको लागि पनि स्थानीय तहको निर्वाचन गराउँन आवश्यक रहेको स्थानीयको भनाई छ । स्थानीय स्तरमा जनता आफैले चुनेको प्रतिनिधि नहुँदा विकास निर्माणको काम प्रभावित भएको भन्दै गाउँ र जिल्लाको विकासको लागि पनि निर्वाचनको आवश्यकता रहेको स्थानीय बताउँछन् ।

स्थानीय तहमा जनताले चुनेको प्रतिनिधि नहुँदा कर्मचारीले मनपरी तन्त्र चलाएको र चुनावले मनपरी तन्त्रको अन्त्य गर्नेमा स्थानीय विश्वस्त छन् । र, स्थानीयलाई २०७४ साल वैशाख ३१ गत कहिले आउलाजस्तो भएको छ ।  जिल्ला निर्वाचन कर्यालय रामेछाप पनि आगामी २०७४ साल  वैशाख ३१ गतेको लागि सरकारले तोकेको मितिमा निर्वाचन गराउँ सक्षम रहेको निमित्त जिल्ला निर्वाचन अधिकारी सुमन पन्थलीले बताए ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै स्थानीय स्तरमा समन्वयनको काम सुरु भइसकेको पन्थलीले बताए । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार जिल्लामा फोटो सहितको मतदाता लिष्टमा नाम दर्ता गराउनेको  संख्या १ लाख ३७ हजार ९ सय ६४ जना रहेको छ । जसमध्य पुरुष ६८ हजार २ सय ३४, महिला ६९ हजार ७ सय २७  र तेश्रो लिङ्गि ३ जना रहेको छ ।

१८ वर्ष उमेर पुगेकाले मात्र मतादन गर्न पाउँने भएकाले मतदाता संख्या भने घट्न सक्ने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएकै दिनदेखि नयाँ मतदाता नामावली दर्ता गराउने कार्य भने बन्द  गरिसकेको छ ।

निर्वाचन आयोगको निर्देशन अनुसार जिल्ला निर्वाचन कार्यालयले फागुन १७ गतेदेखि २१ गतेसम्म दावि विरोधको कार्यक्रम सञ्चालन गर्ने र सो अवधिमा मतदाताले आफ्नो गुनासो राख्न सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);