स्थानीय निर्वाचनले कञ्चनपुरवासीमा छाएको खुसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्थानीय निर्वाचनले कञ्चनपुरवासीमा छाएको खुसी

३० फाल्गुन, कञ्चनपुर । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै कञ्चनपुरका स्थानीयमा खुसी छाएको छ । लामो समयदेखि स्थानीय निर्वाचन हुन नसक्दा जनताले स्थानीय स्तरमा पाउनु पर्ने सेवामा निकै हण्डर खानु पर्ने अवस्थाको अन्त्य हुने स्थानीयको विश्वास छ ।

विगत लामो समयदेखि स्थानीय जनप्रतिनिधि नभएको अवस्थामा स्थानीय तहको निर्वाचन घोषणासँगै कञ्चनपुरवासी उत्साहित भएका छन् । स्थानीय तहको निर्वाचनसँगै राजनीतिक स्थिरता हुने र बिकास निर्माणका कामले गति लिने विश्वास कञ्चनपुरका स्थानीयको रहेको छ । स्थानीय जनप्रतिनिधि नहुँदा सर्वसाधारणले स्थानीय स्तरमा सेवा लिन जाँदा पाउनु परेको हण्डर तथा ठक्कर अव हट्ने पनि कञ्चनपुर वासीको भनाइ छ ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा क्रियासिल राजनीतिक दलहरुले पनि आ–आफ्ना कार्यकर्तालाइ गाउ गाउ जान निर्देशन पनि दिइसकेका छन । निर्वाचनको मिति घोषणसंगै जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले पनि निर्वाचनका लागि सम्पूर्ण तयारी गरिसकेको गरिसकेको जनाएको छ । जिल्लामा जम्मा ४ लाख ५१ हजार जनसंख्या रहेकोमा ७ बटा नगरपालिका र २ गाउ पालिकामा जम्मा मतदाता संख्या भने  २ लाख २७ हजार रहेको छ । जस मध्ये १ लाख १६ हजार महिला र १ लाख ११ हजार पुरुष रहेका छन ।

निर्वाचनको मिति घोषणासंगै उत्साहित भएका कञ्चनपुरवासी अव राजनीतिक दलहरुले गाउँगाउँमा निर्वाचनको माहोल बनाएर जसरी पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउछन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);