स्थानीय तहको निर्वाचनको लागि सिमांकन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

स्थानीय तहको निर्वाचनको लागि सिमांकन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री

१ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको लागि सिमांकन हेरफेर आवश्यक नरहेको बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनको लागि सिमांकन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री

१ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको लागि सिमांकन हेरफेर आवश्यक नरहेको बताउनुभएको छ ।

मंगलबार ललितपुर महानगरपालिकाबाट स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भ समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन अघि सिमांकन हेरफेर आवश्यक नरहेको भन्दै निर्वाचनमा सहभागि हुन मधेसी मोर्चालाई आग्रह गर्नुभयो । उहाँले संविधान संशोधन विधेयक राजनीतिक समझदारीका आधारमा जुनसुकै बेला पारित गर्न सकिने बताउनुभयो । सिंहदरवारमा निहीत अधिकार गाउँ नगर र टोलमा गएको भन्दै उहाँले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका धेरै अधिकार स्थानीय तहमै हुने बताउनुभयो ।

स्थानीय तह कार्यान्वयनसँगै जनताको घरदैलोमा सबै अधिकार पुगेको प्रधानमन्त्री दाहालको भनाइ थियो । कार्यक्रममा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायलाई साइनबोर्ड फेरेरमात्रै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका नबनाएको बताउनुभयो ।

स्थानीय तह कार्यान्वयनसँगै नेपालको शासन व्यवस्था आधुनिक नेपाल निर्माणदेखि जुन संरचनामा थियो, त्यसमा आमूल परिवर्तन भएको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री थापाले स्थानीय तहमा रुपान्तरण दक्षिण एसियाका अन्य मुलुकभन्दा अग्रगामी र प्रगतिशील रहेको भन्दै कार्यान्वयनमा लैजान भने चुनौतिपूर्ण रहेको बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);