सभापति देउवा बाइडबडीमा संलग्न रहे/नरहेको छानविन गर्न सरकारसँग माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सभापति देउवा बाइडबडीमा संलग्न रहे/नरहेको छानविन गर्न सरकारसँग माग

sher bahadur deuwa

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको छानविन गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू सो प्रकरणमा संलग्न नरहेको जवाफ दिईसकेको उल्लेख गर्दै आरोप लगाउने भन्दा राज्यबाट छानविन गरी सत्यतथ्य पत्ता लगाउन माग गरेका हुन् । सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले छानवीन समितिले सो सम्बन्धमा यथार्थ कुरा बाहिर ल्याउनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले सरकार विकास नभई विनाशको बाटोमा अघि बढिरहेको दावी गर्दै आफ्नो पार्टीलाई सैह्य नहुने चेतावनी पनि दिए । मुलुकको शान्ति सुरक्षा, सुशासन र विकास तीन वटै काममा सरकार पूर्णत असफल भएको वरिष्ठ नेता पौडेलको दावी छ । उनले तनहुँको दुलेगौडामा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला मेमोरियल क्यान्सर अस्पताल विघटन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै त्यसो गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिए ।

वरिष्ठ नेता पौडेलले निर्मला हत्याकाण्डमा ठूलै व्यक्तिको संलग्नता रहेको आशंका गर्दै त्यसलाई छानवीन गर्न नसकेकोमा पनि सरकारको चर्को आलोचना गए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);