पार्टी महाधिवेशन तत्काल गर्न देउवालाई पौडेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टी महाधिवेशन तत्काल गर्न देउवालाई पौडेलको आग्रह

ramchandra poudel

ललितपुर, २२ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

आईतबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजित कार्यक्रममा बरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान संचालन गर्नुको विकल्प नरहेको पनि बताउनु भयो । आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा काँग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ ।

कार्यक्रममा काँग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । उहाँले संक्रमणकालका बाँकि कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दावी समेत गर्नु भयो ।

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);