गुटबन्दीको आधारमा राजनीति गर्ने मनोवृत्तिको अन्त्य हुनुपर्छ : पौडेल | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

गुटबन्दीको आधारमा राजनीति गर्ने मनोवृत्तिको अन्त्य हुनुपर्छ : पौडेल

गोपाल पोखरेल
उदयपुर, २७ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा गुटबन्दीको आधारमा राजनीति गर्ने मनोवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ । गुटबन्दीको राजनीति गर्ने प्रबृत्ति अझ मौलाउँदै गए पार्टीमा थप विग्रह र दुर्भाग्यको अवस्था सृजना हुने काँग्रेस नेता पौडेलको भनाई छ ।

प्रेस युनियनले शुक्रबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेपाली कांग्रेसको चौधौं महाधिवेशन समयमै हुन नसके नेपाली कांग्रेसलाई ठूलो हानी हुने बताउनु भयो । समयमै महाधिवेशन नभए त्यसले समग्र मुलुक, जनता र वर्तमान व्यवस्थालाई नै असर पार्ने पौडेलको भनाई थियो ।

आगामी महाधिवेशनमा पार्टी सभापतिका लागि आफु उम्मेद्वार हुने या नहुने भन्ने विषयमा कुनै निर्णय लिइ नसकेको बताउँदै बरिष्ठ नेता पौडेलले जनजागरण अभियान मार्फत वर्तमान सरकारका गतिविधिबारे जनतालाई जागरुक बनाउने अभियानमा लागेको जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकार नेपाली राजनीतिको इतिहासमै सबैभन्दा अनुकुल समयमा गठन भएको भएपनि सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको आरोप लगाउनु भयो । यो सरकारको विकल्प नेपाली कांग्रेस नै भएकाले कांग्रेसले ७७ ओटै जिल्लामा जागरण अभियान सन्चालन गरेको जानकारी पौडेलले दिनुभयो ।