पार्टी भित्रको गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान संचालन गर्नुपर्छ : विष्णु पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

पार्टी भित्रको गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान संचालन गर्नुपर्छ : विष्णु पौडेल

काठमाडौं, २७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी भित्रको गुटबन्दीको सशक्त प्रतिवाद गर्नुपर्ने बताउनु भएको छ ।

महासचिव पौडेलले पार्टी भित्र हुने सबै प्रकारका गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान संचालन गर्न पनि पार्टीका युवा नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भयो ।

पार्टी र संगठनको हितका लागि पनि गुटगत गतिविधिविरुद्ध पार्टीका नेता, कार्यकर्ताले सशक्त प्रतिवाद गर्नुपर्ने महासचिव पौडेलको चेतावनीयुक्त भनाई छ । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गुट र पार्टी सँगसँगै अघि बढ्न नसक्ने पनि बताउनु भयो ।

‘गुटको हितमा लागे पार्टीको हित गर्न सकिंदैन,’ महासचिव पौडेलको तर्क थियो, ‘त्यसैले बुझ्नोस् पार्टीको हितमा काम गर्र्नुहुन्छ भने गुटगत गतिविधिलाई मुर्दावाद भन्नैपर्छ ।’

महासचिव पौडेलले गुटको हित गर्नेले पार्टीले अहित गर्ने भएकाले पार्टीका हरेक कार्यकर्तालाई गुटगत गतिविधिलाई छाडेर एकतावद्ध संगठन र त्यसको प्रभावकारी परिचालनमा केन्द्रित हुन पनि सचेत गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);