काठमाडौंको गोलढुंगा फुलबारीमा गोली चल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौंको गोलढुंगा फुलबारीमा गोली चल्यो

goli parahar

काठमाडौं, २७ भदौ । काठमाडौंको गोलढुंगा, फुलबारीमा शुक्रवार साँझ गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका नजोक भनिने साजन गुरुङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले गोली चलाएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभएको छ ।

नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी समातिएको उहाँले बताउनु भयो । उहाँका अनुसार गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);