प्रहरीले चलाएको गोली लागेर गोंगबुमा एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रहरीले चलाएको गोली लागेर गोंगबुमा एक घाइते

goli parahar

काठमाडौं, ८ माघ । प्रहरीले हतियार कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा बसेका हतियार कारोबारी अविलास तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हाे । प्रहरीले चलाएको गोली लागेर तामाङ घाइते भएका छन् । उनको खुट्टामा गाेली लागेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीको गोली लागेर घाइते भएका तामाङको स्थाइ घर काभ्रे रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट एकथान चाइनीज पेस्तोल र ६ राउण्ड गोली बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइते भएका तामाङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);