बसको ठक्करबाट युवतीको मृत्युपछि तनावग्रस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बसको ठक्करबाट युवतीको मृत्युपछि तनावग्रस्त

कैलाली, १० चैत। बसको ठक्करबाट युवतीको मृत्युपछि तनावग्रस्त भएको लम्कीमा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागी दुई आन्दोलनकारी घाइते भएका छन् । आक्रोशित आन्दोनकारीले इलाका प्रहरी कार्यालय लम्की भित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका दुबै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी जानकारी दिएको छ । झडपमा केही प्रहरी समेत घाइते भएका छन्। यसअघि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस समेत फायर गरेको थियो ।

मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

सो पश्चात आफन्त तथा स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए । प्रहरीले बसका चालक बर्दगोरिया १ बस्ने पुष्प कडेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);