बसको ठक्करबाट बालकको मृत्युपछि नुवाकोटको विदुरमा तनाव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बसको ठक्करबाट बालकको मृत्युपछि नुवाकोटको विदुरमा तनाव

नुवाकोट, २९ असोज । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा बसको ठक्करबाट एक बालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको छ ।

बसको ठक्करबाट तारकेश्वर गाउँपालिका वडा नम्बर ६ गोस्र्याङका ५ वर्षिय युनिक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुलीबाट काठमाण्डौ आउन लागेको बा ४ ख ७५०४ केरुङ डिलक्स बसको ठक्करबाट बालकको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनापछि मृतकका आफन्त तथा बट्टारका स्थानीयबासीले वसका चालक विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका राउद तामाङलाई कुटपिट गरी घाईते बनाएका छन् ।

घाईते भएका चालक तामाङको उपचार भइरहेको छ । घटनापछि दोषी चालकलाई कारवाहीको माग गर्दै प्रर्दशन गरिरहेका छन् । प्रर्दशनको क्रममा मृतकका आफन्त र प्रहरीबिच झडप भएको थियो ।

झडपले बट्टार बजार तनावग्रस्त बनेको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रु ग्याँस समेत प्रहार गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);