बैतडीको पञ्चेश्वरमा राष्ट्र निर्माण महामहोत्सव आयोजना हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बैतडीको पञ्चेश्वरमा राष्ट्र निर्माण महामहोत्सव आयोजना हुँदै

baitadi pancheswor mahatsov

बैतडी, २९ असोज । बैतडीको पञ्चेश्वर गाउँपालिकाले पर्यटन बर्ष २ हजार २० लाई सफल बनाउन राष्ट्र निर्माण महा महोत्सव आयोजना गर्ने भएको छ । पर्यटन वर्ष २ हजार २० लाई सफल पार्न र गाउँपालिका भरिका धार्मिक पर्यटकीय तथा प्राकृतिक रमणीय ठाउँहरुको प्रचार प्रसार गरी यी ठाउँहरुलाई देशभरी चिनाउन महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सव व्यवस्थापनको लागि ११ सदसीय व्यवस्थापन समिति गठन गरि काम अगाडी बढाईएको गाउँपालिकाले जनाएको छ । पञ्चेश्वरमा ओझेलमा रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामको विकाससंगै औद्योगिक ग्राम विस्तारको लागि महोत्वसबाट सहयोग पुग्ने विश्वास लिईएको छ । महोत्सव कार्तिक २१ देखि मंसिर २ सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);