पर्साका १४ वटा सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पर्साका १४ वटा सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

ग्यासु मियाँ देवान
पर्सा, २९ असोज । पर्साको विन्दबासिनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले चालु आर्थिक वर्षको चौमासिक तलब र दशैं भत्ता नपाएपछि विद्यालय बन्द गराएका हुन् । विन्दबासिनी गाउँपालिकामा १४ वटा सामुदायिक विद्यालय छन् ।

ती विद्यालयहरुमा १ सय ४० जना शिक्षक कार्यरत छन् । उनीहरुले साउन महिनादेखिको तलब, दशैं पेश्की लगायतका सेवा सुविधा केही पनि पाएका छैनन् ।

यता गाँउपालिका प्रमुख श्रीलाल साह कानुले गाउँसभा हुन नसकेकाले बजेट निकासा रोकिँदा तलब खुवाउन समस्या भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले अब गाउँ सभा गर्ने सहमति भैसकेको र एक दुई दिनमै सबै समस्या सामाधान गर्नेतर्फ आफुले प्रयास गरिरहेको बताउनु भयो ।

विन्दबासिनी गाउँपालिकासंगै पकाहा मैनपुर र जगरनाथ गाँउपालिका अन्तर्गतका शिक्षकहरुले पनि विगत ४ महिना देखि तलब पाएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);