शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुुरु

कञ्चनपुर, १५ चैत । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दोस्रो प्रदेश स्तरीय सात दिने पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुरका सबै स्थानीय तह र सरोकारावालाको सहकार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि आन्तरिक र बाह्य पर्यटकहरुलाई निकुञ्जभित्र घुमाउन शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ ।

शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन गर्दै सांसद डाक्टर दिपक प्रकाश भट्टले आर्थिक विकास र समृद्धिका लागि पर्यटक आवश्यक रहेको औल्याउँदै पर्यटन विकासको लागि आफ्नो तर्फबाट सम्पुर्ण पहल गर्ने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि पर्यटन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । शुक्रबारदेखि शुरु भएको शुक्लाफाँटा पर्यटन महोत्सव ६ दिनसम्म संचालन हुने छ ।

महोत्सवमा सुदूरपश्चिमका खानाका परिकारहरु कोदो, मकैको रोटी सहितका थारु खानेकुराका परिकार राखिएका छन् । महोत्सवमा तीन हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);