प्रथम मेची क्षेत्र पर्यटन महोत्सव शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रथम मेची क्षेत्र पर्यटन महोत्सव शुरु

खगेन्द्र घिमिर
इलाम, ६ पुस । प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ इलामको ठूलो टुँडिखेलमा शुरु भएको छ । प्रदेश–१ का चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा स्थानीय उत्पादित सामाग्रीहरु स्टलमा राखिएका छन् । त्यसैगरी, महोत्सवमा सहभागीहरुलाई मनोरञ्चन प्रदान गर्नका लागि साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रमले समेत अहिले इलाम आसपासका नागरिकको ध्यान तानेको छ ।

महोत्सवमा सहभागी हुन झापा, इलाम, पाँचथर ताप्लेजुङका सर्वसारधणको उल्लेखनिय सहभागिता रहेको छ । यसलाई सफल बनाउन प्रदेश–१ ले सबै किमिसको सहयोग गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले बताए ।

मेलामा करीब ५० हजारले अवलोकन गर्ने आयोजक समितीका महासचिव देवी खतिवडाले बताए । इलाम आफैमा पर्यटक क्षेत्र भएको र यस महोत्सवले इलामको अन्तुडाँडा, कन्याम, सन्दकपुर, सानी पाथिभरा, माईपोखरी, गजुरमुखी, र झापाको केचनकवल, अर्जुनधारा, सतासीधाम लगायतका ठाउँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने महासचिव खतिवडाको भनाई थियो । मेला पुस १६ गतेसम्म चल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);