भृकुटीमण्डपमा विद्युतीय सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भृकुटीमण्डपमा विद्युतीय सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौं, ६ पुस । काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी सुरु भएको छ । ‘निक इलेक्ट्रो टेक’ नाम दिइएको सो प्रदर्शनी शुक्रबारबाट सुरु भएको हो ।

विद्युतीय सामग्रीहरुको नयाँ प्रविधिबारे आम उपभोक्तालाई जानकारी गराउने उद्देश्यले सो प्रदर्शनी सुरु गरिएको प्रदर्शनी आयोजक समितिका प्रचार विभाग प्रमुख कोमल पोखरेलले जानकारी दिए ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका नयाँ –नयाँ मोडलका विद्युतीय सामग्रीहरुको स्टल राखिएको छ । कम विद्युतीय खपत हुने सामग्रीहरुलाई प्रदर्शनीको आकर्षणको रुपमा रहेको छ ।

प्रदर्शनीमा भारत, चीन, थाईल्याण्ड लगायतका विदेशी कम्पनीका विद्युतीय सामग्रीहरु पनि रहेका छन् । प्रदर्शनीको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले गुणस्तरीय उत्पादनमा जोड दिन व्यवसायीहरुलाई आग्रह गरे ।

उनले विद्युतीय सामग्रीमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार निजी क्षेत्रसँग लगानी गरेर अघि बढ्न तयार रहेको बताए । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री पुनको भनाई छ ।

५ दिनसम्म चल्ने प्रदर्शनीमा १ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीमा विद्युतीय सामग्रीहरुको उपयोगका बारेमा जानकारी दिने व्यवस्था पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);