मंगलबारेमा आगामी चैत्र २३ र २४ गते साहित्य महोत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

मंगलबारेमा आगामी चैत्र २३ र २४ गते साहित्य महोत्सव

इलाम, १३ चैत । इलाम देउमाई नगरपालिकाको मंगलबारेमा आगामी चैत्र २३ र २४ गते राष्ट्रिय देउमाई साहित्य पर्यटन महोत्सव हुने भएको छ । समाजका लागि युवा नामक संस्थाले देउमाई नगरपालिका–४ स्थित नागीडाँडामा महोत्सव गर्न लागेको हो । महोत्सवमा रष्ट्रिय स्तरका साहित्यकार, आख्यानकार, लेखक, कलाकार, समालोचक लगायत देशका चर्चित नेता एवम् इलामबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको समेत सहभागिता रहने छ ।

साहित्यका माध्यमबाट इलाम जिल्ला र खासगरी देउमाई नगरपालिकामा बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । दुई दिनसम्म चल्ने महोत्सवमा साहित्य समीक्षा, सफल ब्यक्तिका संघर्षका कथा, दश वर्ष पछिको देउमाई क्षेत्र, स्थानीय भाषाले नेपाली भाषामा पारेको प्रभाव, युवा र अबको नेतृत्व विषयमा छलफल गरिने छ ।

त्यस्तै स्थानीय उत्पादन सहित खानाका परिकार समेत महोत्सवको मुख्य आकर्षण रहने छ । महोत्सवमा देउमाई नगरपालिकामा पर्यटक भित्र्याउन महत्वपुर्ण योगदान दिने सिद्धिथुम्का, जटेश्वर महादेव, नागेश्वरी, कुहिभिर लगायत मांसेबुङ गाउँपालिकामा रहेको गजुरमुखी देवीको प्रचार र सो स्थानसम्म पर्यटकहरुलाई पुर्याउन विशेष पहल गरिने छ । महोत्सव सम्पन्न गर्न करिब १८ लाख लाग्ने अनुमान गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);