इलाममा चौथो देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिता शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इलाममा चौथो देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिता शुरु

इलाम, ७ बैशाख । इलामको देउमाई नगरपालिकाको मंगलबारेमा शनिवारबाट चौथो देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण फूटवल प्रतियोगिता सुरु भएको छ ।

इलामको त्रिवेणी युथक्लवले आयोजना गरेको देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा भारत र नेपालका गरी आठवटा टीमहरुको सहभागिता रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि देउमाई नगरपालिका, स्थानीय संघसंस्था लगायतले सहयोग गरेको आयोजक त्रिवेणी युथ क्लवका अध्यक्ष विक्रम श्रेष्ठले वताए ।

प्रतियोगितामा २४ लाख माथिको लागत लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता टीमले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र र उपविजेताले नगद एक लाख ११ हजार एक सय एघार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने तय भएको छ ।

यसैक्रममा शनिबार भएको उद्घाटन खेलमा आयोजक त्रिवेणी युथ क्लव मंगलबारेलाई १ का विरुद्ध दुई गोल गर्दै रेडस्टार फुटबल क्लव दोस्रो चरणमा प्रवेश गरेको छ । आइतवारको खेल मुनाल क्लव चन्द्रगढी, झापा र सुनसरी फूटवल क्लवबीच हुने आयोजकले जनाएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);