वीरगञ्जको एकीकृत जाँच चौकी अझै पूर्णरुपमा सञ्चालनमा आएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

वीरगञ्जको एकीकृत जाँच चौकी अझै पूर्णरुपमा सञ्चालनमा आएन

अनुप तिवारी
वीरगन्ज, १३ चैत । वीरगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) स्थापनाको एक वर्ष हुन लाग्दा पनि पुर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । भारत तथा तेश्रो मुलुकसंँग नेपालको आयात निर्यात सहज र सुलभ बनाउने उद्देश्यले स्थापित जाँच चौकी पूर्ण सञ्चालनमा नआउँदा चोरी निकासी नियन्त्रणमा आउन सकेको छैन ।

गत वर्षको चैत २४ गते प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी नरेन्द्र मोदीले दिल्लीबाटै संयुक्तरुपमा आइसिपीको उदघाटन गरेका थिए । वीरगन्ज नाकाबाट हुने कुल आयातको ६० प्रतिशत मालसामान आइसिपीबाट भित्रिने गर्छ ।

अहिलेपनि ४० प्रतिशत आयात निर्यात भने साबिककै भन्सार कार्यालयबाटै भइरहेको छ । इन्धन र रेलबाट आउने कोइला फलाम लगायत मालसामान ल्याउन भने सीमा पारीको सडकको अवस्था र सहरी आवागमन व्यवस्थापनले गर्दा साबिककै नाकाबाट ल्याउन बाध्यता रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

भारतीय आयल निगमको बरौनी डिपोबाट लोड हुने ग्याँस र पेट्रोलियम इन्धन सिधै आइसिपीसम्म पुग्छ । तर रक्सौलबाट हुने इन्धन ढुवानी साबिक नाकाबाटै भित्रिने गरेको छ । आईसिपीबाट आयात निर्यात हुँदा केही हदसम्म चोरी तस्करी नियन्त्रण हुन्छ ।

आईसिपीमा अझै धेरै समस्याहरु भएका कारण आइसीपी पुर्ण रुपमा सञ्चालनमा आउन नसकेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिए ।

मधेस आन्दोलनमा सुकेको वीरगन्ज नाका आइसिपी संचालनपछि पुन आफ्नो लयमा फर्किने आशा गरिएको थियो । तर पार्किंग, तौल र प्रवेशको नाममा आयातकर्ताले चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ ।

पहिलाको साबिक भंसारबाट आइसिपी झन महंगो भएको छ । आईसिपी पूर्ण संचालनमा नआउँदा यस नाकाबाट आयात पनि घटेको कारण लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेको छैन । तसर्थ भंसार आयात निर्यातमा देखिएका असहजतालाई तत्काल समाधान गरि आइसिपीलाई पूर्ण क्षमतामा ल्याउन जरुरी देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);