रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा

rasuwagadhi naka

काठमाडौं, २२ असार । पाँच महिनाभन्दा बढी समयदेखि आयात–निर्यात ठप्प भएको रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । कोरोनाका कारण गत माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवतजावत ठप्प भएको थियो ।

रसुवागढी भन्सार कार्यालयले चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा सोमबारदेखि नाका सञ्चालनमा आएको जनाएको छ । चिनियाँ पक्षले सोमबार केरुङबाट ४ कन्टेनर सामान मितेरी पुलसम्म ल्याएको हो ।

चीनबाट आएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडा लगायत रहेका छन । रसुवागढी भन्सारका अनुसार चीनबाट अब दैनिक ४ कन्टेनर सामान आउनेछ । सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटिएका छन् । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

सुरक्षित तरिकाले सामान आयात गर्ने विषयमा दुवै देशका सीमामा जोडिएका जिल्लाका समकक्षीहरूबीच असार १० गते मितेरी पुलमा छलफल भएको थियो । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको थियो ।

दैनिक करोडौं राजस्व संकलन हुने रसुवा भन्सार कार्यालयको गत चैत, वैशाख र जेठ महिनाको राजस्व संकलन शून्य रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);