रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि सामानको आयात बढेको छ । गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो ।

यसअघि चिनिया पक्षले दैनिक बिहान ७ र बेलुका २ गरी  चिनिया ९ वटा गाडीमा नेपाल सामान आयात गरिरहेको थियो । बुधबारदेखि ५ चिनिया गाडी सामान थपेको हो । अब बिहान र बेलुका दुई सिफ्टमा सात सात गरी १४ वटा चिनिया गाडीमा नेपाल सामान आयात हुने मैनालीले बताए । दैनिक १४ गाडी मार्फत नेपाल सामान आयातलाई निरन्तरता दिने चिनिया पक्षले बताएको उनले बताए । 

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । 

चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नाका सञ्चालन गरेको छैन । चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहज रूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);