मेलम्ची  सिन्धुखोलामा घरको छतबाट लडेका एक व्यक्तिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेलम्ची  सिन्धुखोलामा घरको छतबाट लडेका एक व्यक्तिको मृत्यु

सिन्धुपाल्चोक । आफ्नै घरको छतबाट लडी सिन्धुखोलामा एक व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ सिन्धुखोला स्थित ६९ वर्षका झम्कनाथ तिवारी बुधबार बिहान साढे ५ बजेको समयमा आफ्नै २ तले पक्की घरको छतबाट लडेका थिए ।

घाइते अवस्थामा उपचारको लागी धुलिखेत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बस्नेतको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);