प्रधानमन्त्रीले संसदमा बोलेका 'असंसदीय शब्द' रेकर्डबाट हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीले संसदमा बोलेका ‘असंसदीय शब्द’ रेकर्डबाट हटाइयो

kp oli sambad

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रयोग गरेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइएको छ । गत २४ गते नीति तथा कार्यक्रमका विषयमा सांसदहरुले सोधेका प्रश्नमा प्रधानमन्त्री ओलीले आक्रोस कुण्ठा र निम्छरा शब्द बाहेकको जवाफ दिन्छु भन्दै प्रयोग गरेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाइएको हो ।

सभामुख महराले प्रधानमन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेका शब्द हटाउन निर्देशन दिंदै गर्दा सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीबाट मात्र नभए अन्य व्यक्तिहरुबाट पनि त्यसदिन असंसदीय शव्दको प्रयोग भएको भन्दै सबै असंसदीय शब्दहरु रेकर्डबाट हटाउन माग गरेका थिए । उनको मागपछि सबै असंसदीय शव्द हटाउन सभामुखले निर्देशन दिएका छन् ।

गत २४ गतेको संसदमा नीति तथा कार्यक्रम पारित हुनुअघि प्रधानमन्त्रीलाई सांसदले प्रश्न तथा पुरक प्रश्न सोधेका थिए । प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री ओलीले जवाफ भन्दा अघि नै आक्रोस कुण्ठा र निम्छरा अभिव्यक्ति बाहेकको जवाफ दिन्छु भनेका थिए ।

उनको प्रश्न लगत्तै प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले नियमापत्ति गरेका थिए । प्रतिपक्षी सांसदहरुले नियमापत्ति गर्दै पटक–पटक प्रधानमन्त्रीले प्रयोग गरेका असंसदीय शव्द रेकर्डबाट हटाउन माग गरेपनि सभामुखले माइक समेत नदिएपछि प्रतिपक्षी कांग्रेसले उठेर संसद अवरुद्ध पारेको थियो ।

सभामुखले सामान्य रुलिङ गर्दा हुनेमा पटक–पटक माग गर्दासमेत अटेर गरेपछि सभामुखले भूमिकामाथि नै प्रश्न उठाएको थियो । ढिलै भएपनि सभामुखले आफ्नो भूमिका देखाएका छन् । प्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेको शब्दसमेत रेकर्डबाट हटेपछि प्रधानमन्त्रीसहित सबैलाई यसले राम्रो सवक सिकाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);