असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाईने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाईने

sabhamukh mahara

काठमाडौं, २७ बैशाख । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा गत मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाईने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्ण बहादुर महराले त्यस दिन प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो ।

नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिने क्रममा आक्रोश, कुण्ठा र निम्छरा शब्द प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका सांसदले ती शब्द संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसदिन सो बारेमा सभामुखले कुनै निर्देशन नगरेपछि कांग्रेसले बैठक अवधिभर नै नाराबाजी गरिरहेको थियो । नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);