संसदको रेकर्डबाट 'महारानी' शब्द हटाउन नेम्बाङको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संसदको रेकर्डबाट ‘महारानी’ शब्द हटाउन नेम्बाङको माग

काठमाडौं, ११ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्बाङ्गले संसदको रेकर्डबाट ‘महारानी’ शब्द हटाउन माग गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै नेम्बाङले संसदको रेकर्डबाट महारानी शब्द हटाउन माग गरेका हुन् । जेठ ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई आदरार्थी ‘सम्माननीय’ शब्द प्रयोग नगरको भन्दै विपक्षी नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ ।

कांग्रेसका तर्फबाट १७ जना सांसदले संशोधन गर्दा गराउँदै राष्ट्रपतिले ‘महारानी’का रुपमा संसदमा प्रस्तुत भएको आरोप लगाएको छ । सरकारले नीति तथा कार्यक्रमार्फत सम्मानीत व्यक्तिहरुको अवमुल्यन गरेको कांग्रेसको आरोप छ ।

उक्त आरोपको जवाफ दिँदै पूर्वसभामुख नेम्वाङले महारानी शब्द रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएका हुन् । अर्को प्रशंगमा उनले औचित्यका आधारमा मात्रै संविधान संशोधन गरिने स्पष्ट पारे । संविधान संशोधनमा एमालेको धारण फेरिएको भनेर कसैले बुझे त्यो गलत हुने उनको भनाइ थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको राष्ट्रिय जनता पार्टीले भने संसदमा सरकारप्रति चरम असन्तुष्टि पोखेको छ । उसले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको बताएको छ ।

राजपाका सांसद महेन्द्र राय यादवले नीति तथा कार्यक्रम महत्वकांक्षी र जनतालाई झुक्याउने खालको रहेको टिप्पणी गरे । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकार आफैँ अस्पष्ट देखिएको बताए । सरकारले राजनीतिक समस्या सम्बोधन नगरी जति नै लोकप्रिय सपना बाँडेपनि त्यो सार्थक नहुने उनको दाबी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);