प्रधानमन्त्रीले बोलेका असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रधानमन्त्रीले बोलेका असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना

pm oli-pratinidhi sabha

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोलेका शब्द संसदीय र असंसदीय कुन कुन हुन भन्ने हेर्न तीन महिना लाग्ने भएको छ। संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा लिपिवद्ध गर्न तीन महिना लाग्ने भएपछि प्रधानमन्त्री ओलीले संसदमा बोलेका शब्दको लिखित अभिलेख हेर्न साउन महिनासम्म कुर्नुपर्ने भएको हो।

वैशाख २४ गतेको संसद बैठकमा नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएको प्रश्न दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए। प्रधानमन्त्रीको उक्त शब्दावली संसदीय व्यवस्था नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ती जनाएको थियो। उक्त शब्द संसद्को रेकर्डबाट हटाउन कांग्रेसले माग गरेको थियो। विपक्षीको मागअनुसार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउन निर्देशन दिएका छन्। सभामुखको निर्देशनपछि संसदले सोहीअनुसार गृहकार्य अघि बढेको छ।

जसबाट प्रधानमन्त्री र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदसँग भनाभन भएको थियो। असंसदीय शब्द प्रयोग भएपछि सभामुखले वैशाख २५ गतेको बैठकमा असंसदीय शब्द हटाउन ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री ओलीले जेठ १ गते विदेश भ्रमणबाट फर्कने क्रममा आफ्ना शब्द रेकर्डबाट हटाइएको नभई प्रतिपक्षीले बोलेका शब्द मात्र रेकर्डबाट हटाइएको बताएका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);