सदनभित्र सभामुख महराको भूमिकालाई लिएर कांग्रेसले प्रश्न उठायो | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सदनभित्र सभामुख महराको भूमिकालाई लिएर कांग्रेसले प्रश्न उठायो

mahara

सभामुखले पद अनुरुपको व्यवहार गर्न नसकेको कांग्रेसकाे अाराेप

काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्ण बहादुर महराको भूमिकामाथि प्रश्न उठाएको छ । सभामुख र उपसभामुख फरक पार्टीको हुने प्रावधान रहेको भन्दै एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि कांग्रेसले सभामुखको विषयमा संसदभित्रै पनि प्रश्न उठाएको थियो ।

तर, अहिले भने कांग्रेसले संबैधानिक व्यवस्थाको नभएर सदनभित्र सभामुखको भूमिकालाई लिएर प्रश्न उठाएको हो । संसदमा प्रमुखप्रतिपक्षी दलका नेतासमेत रहेका कांग्रेस सभापति देउवाले त सभामुखको भूमिका तटस्थ हुनै नसकेको भन्दै सभामुखले पद अनुरुपको व्यवहार गर्न नसकेको बताएका छन् । देउवाले सभामुख महरालाई ईतिहासकै कमजोर, डरपोक र काँतर सभामुख भएको भनेर टिप्पणी गरेका छन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम पारित गर्नु अघि सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका विषयमा सांसदले सदनमा बोल्नेक्रममा उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीले दिएको जवाफमा पुरक प्रश्न समेत सोध्ने व्यवस्था अनुरुप पुनः सांसदहरुले प्रश्न थपेका थिए ।

त्यसरी सोधिएका प्रश्नको जवाफ दिनेक्रममा आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ दिन्न भनेपछि असंसदीय भाषा भएको भन्दै कांग्रेसले त्यो शब्द रेकर्डबाट हटाउन माग गरेको थियो ।

सभामुख महराले कांग्रेस सांसदको प्रश्नलाई सिधै नियमको कोट गरेर अस्वीकार गर्न पनि सक्थे । तर, उनले ती प्रश्नप्रति ध्यानाकर्षण भएको बताएर आफ्नो भूमिका कमजोर पारे । ध्यानाकर्षण भएर हुँदैन असंसदीय शव्द हटाउनुपर्छ भन्दै कांग्रेस सांसदहरुले उठेर संसद अवरोध गरे । कांग्रेसको असवरोधमा सभामुख महराले पछि हटाउँछु भन्ने जवाफ दिएर प्रधानमन्त्रीले प्रयोग गरेको शव्द असंसदीय भएको स्वीकार त गरिदिए । तर, पछि हटाउन लगाउँछु भनेर सभामुखको जिम्मेवारीबाटै पन्छिने प्रयास गरे ।

रोचक पक्ष त के भने प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्ट्रममा उभिएर सभामुखमार्फत नभएर कांग्रेस सांसदहरुलाई तपाईहरुलाई उत्तर चाहिएको छ कि छैन भन्दै सिधै सवाल जवाफ सुरु गरे । त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले प्रश्न मर्यादित हुनुपर्छ कि पर्दैन भन्दै हप्काउने भाषाको समेत प्रयोग गरे ।

संसदमा प्रधानमन्त्री सांसदबीच होस वा सांसद प्रधानमन्त्रीबीच सिधा सवालजवाफ गर्नु संसदीय मर्यादाको विपरित हुन जान्छ । संसदीय मर्यादाको उलंघन सभामुखकै आँखा अगाडी भइरहेको थियो । सांसदले रुलिङ मागिरहेका थिए, सभामुखले आफ्नो भूमिका स्मरण गर्नसक्थे र रुलिङमार्फत आफ्नो भूमिका देखाउन पनि सक्थे ।

तर, सभामुखले प्रतिपक्षी सांसदहरुसँग बोल्दा प्रतिनिधिसभा कार्यसंचालन नियमावली कोटसमेत गर्न नसक्नु अनि सांसद–प्रधानमन्त्री सवालजवाफमा रुलिङसमेत गर्न नसक्नुको कारण खोज्नुपर्ने अवस्था छ । नेपालको संविधानले सभामुख र राष्ट्रिसभाका अध्यक्षको मर्यादाक्रम पाँचौ नम्बरमा राखेको छ ।

सभामुख र राष्ट्रियसभाका अध्यक्षको भूमिकामा संसद भित्र वा बाहिर प्रश्न उठाउन पाइदैन भन्ने व्यवस्था संसदको नियमावलीले पनि गरेको छ । प्रतिपक्षी दलका नेताले गम्भीर आरोपसहित सभामुखको भूमिकामा प्रश्न उठाउका छन् । अव, सभामुखले नियमावली अनुसार प्रतिपक्षी दलका नेतासँग स्पष्टीकरण सोध्लान कि आफ्नो भूमिकाको समिक्षा गर्छन् होला ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);