वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रसित : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रसित : रामचन्द्र पौडेल

ramchandara poudel-sindhuli

सिन्धुली, २५ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रसित भएको आरोप लगाउनुभएको छ ।

बुधवार नेपाल प्रेस यूनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले, वर्तमान सरकार अहंकारी सोच र चिन्नतले ग्रस्त रहेको आरोप लगाउनु भयो । उहाँले संसदमा प्रधानमन्त्रीले बोलेका गैर संसदीय भाषा प्रतिपक्षले सच्याउन खोज्दा उल्टै आक्षेपयुक्त शब्दहरु प्रयोग गर्नु गलत भएको बताउनुभयो ।

देशमा मौलाएको राजनीतिक अराजकताको बिरुद्ध नेपाली काँग्रेस बुधवारदेखि राष्ट्रिय जागरण अभियान शुरु गरेको पौडेको भनाई थियो । कार्यक्रममा काँग्रेस नेता डाक्टर रामशरण महतले सरकार केन्द्रिकृत मानिसिकताले अघि बढी रहेको आरोप लगाउनुभयो । सरकारले संक्रमणकालको अन्त्य भएको बताए पनि बास्तविक संक्रमणकाल नसकिएको उहाँको भनाई छ ।

बरिष्ठ नेता पौडेल र केन्द्रिय सदस्य महत नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानमा सहभागि हुन तराईका विभिन्न जिल्लामा जाने क्रममा बुधबार सिन्धुली पुग्नुभएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);