राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः रामचन्द्र पौडेल

ramchandra paudel

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्पिकर्स फोरम नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको हो । वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिदै लामो संघर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै अघि बढ्नु पर्ने उहाँको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गर्दै आफूहरुले गरेको हिसावकितावले काम नगरेको टिप्पणी गर्नुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल मनाएर मितव्ययी सरकार बनाउन आग्रह गर्नुभयो । सरकारमा २० जनासम्म मन्त्री भए ठिक हुने भन्दै उहाँले ठूलो मन्त्रीमण्डल बनाउँदा राज्यको खर्च बढी हुने र विकास निर्माणका कामले पनि गति लिन नसक्ने प्रष्ट पार्नुभयो ।

त्यस्तै पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माणलाई प्राथमिकता दिनुपर्ने भन्दै दोस्रो कार्यकाल शुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरुले समस्या व्यहोरिरहेको बताउनु भयो ।

त्यस्तै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेश सभालाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशका निःवर्तमान सभामुखसमेत रहनुभएका संयोजक शाहीले पारदर्शी सरकार नै देश र जताप्रति जिम्मेवार र जवाफदेही हुने उल्लेख गर्नुभयो ।

संयोजक शाहीले संघीय संसदले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई प्रदेश सभासम्म लैजानसके प्रदेश सभाको संसदीय कामकारबाहीमा थप चुस्तता हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);