सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि प्रहार : रामचन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि प्रहार : रामचन्द्र

बुटवल, २८ फागुन । नेपाली काँंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको टिप्पणी गरेका छन् ।

प्रेस युनियन, रुपन्देहीले बुटवलमा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सिके राउतसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको बताएका छन् ।

सम्झौतामाथि अनेक प्रश्न उठिरहेका बेला नेता पौडेलले सरकारको नियतमाथि नै प्रश्न उठेको बताए । पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि नेता पौडेलले आलोचना गरे ।

उनले पृथकतावादी आन्दोलन सकियो भन्नु दुष्प्रचार मात्र भएको बताए । विप्लव नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उनले अबिलम्ब वार्तामा बोलाउन माग समेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);