सरकारले बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य राष्ट्र पहिल्याउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारले बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य राष्ट्र पहिल्याउन सकेन

bidesh return

काठमाडौं, २८ फागुन । बैदेशिक रोजगारीका लागि सरकारले १ सय १० देश खुला गरेपनि अधिकांश नेपाली युवाको गन्तव्य खाडी र मलेसियामा सिमित बन्न पुगेको छ । बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस्तो देखिएको हो ।

बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अधिकांश नेपाली मलेसिया, साउदी अरेविया, कतार, संयुक्त अरव ईमिरेट्स, ओमन र बहराइनमा सिमित भएका छन् ।

विभागको चालु आर्थिक वर्षको माघ र मंसिर महिनाको मात्र तथ्यांक हेर्ने हो भने कतारमा १२ हजार ५१ नेपाली कामदार गएका छन् । साउदी अरेविया ८ हजार ३ सय ९६ पुगेको देखिन्छ ।

त्यसैगरी संयुक्त अरब ईमिरेट्समा ९ हजार ३ सय ६० र बहराईनमा ७ सय ९६ नेपाली कामदार गएका छन् । सरकारले हाल मलेसियामा नेपाली कामदार जान रोकेको कारण यो दुई महिनाको अवधीमा त्यहाँ नेपाली कामदार गएका छैनन् ।

तर, बैदेशिक रोजगारीका लागि खुला गरेका दक्षिण कोरिया बाहेक अन्य आकर्षक गन्तव्य मुलुकमा फाट्ट फुट्ट वाहेक कामदार गएको देखिदैन । यस अवधीमा चर्चामा रहेका टर्कीमा ५७ जना, माल्टामा २६ जना, पोर्चुगलमा २ जना, नेपाली कामदार गएको देखिन्छ ।

तर, ती देशमा ठुलो जोखिम मोलेर मात्र नेपाली कामदार पठाउन सफल भएको व्यवसायीहरु बताउँछन् । सरकारले प्रभावकारी पहल नगर्दा आकर्षक गन्तव्यमा नेपाली कामदार थोरै पैशामा, सजिलै जान नपाएको व्यवसायीहरुको गुनासो छ ।

यता, श्रम मन्त्रालयले भने राम्रो कमाई हुने सुरक्षित देशमा नेपाली कामदार पठाउने तयारी भईरहेको जनाएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सेवा सुविधा बृद्धि लगायत सुरक्षित र आकर्षक देशमा पठाउने तयारी भईरहेको जानकारी दिए ।

पछिल्लो समयमा देशमा पर्याप्त रोजगारीको अवसर नभएपछि धेरै युवाको रोजगारीको विकल्प बैदेशिक रोजगारी बन्दै गएको छ । तर, युवालाई दक्ष बनाएर राम्रो कमाई हुने सुरक्षित देशमा पठाउन विषयमा सरकारले चालेको कदम प्रभावकारी नहँुदा लाखौ रुपैयाँ बुझाएर नेपाली युवा मलेसिया र खाडी मुुलुकमा जान बाध्य छन् ।

हुनत, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले नयाँ गन्तव्य राष्ट्र खोज्ने दायित्य समेत पाएको छ । तर, बोर्डले पनि कल्याणकारी कोषमा अरुले जम्मा पारिदिएको रकम खर्च गर्न वाहेक गरेका अन्य काम प्रभावकारी देखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);