नेपालमा बेरोजगारीको समस्या बढ्दै, वर्षेनी ६ र ७ लाख युवायुवती विदेश पलायन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपालमा बेरोजगारीको समस्या बढ्दै, वर्षेनी ६ र ७ लाख युवायुवती विदेश पलायन

bidesh

काठमाडौं, १० मंसिर । नेपालको मुख्य समस्या भनेको बेरोजगारी नै हो ।

अधिकांश नेपाली युवा रोजगारीको खोजीमा देश छोडेर अन्यत्र जाने गरेका छन् । खास गरी बैदेशिक रोजगार नेपाली युवाका लागि रहर र बाध्यता दुवै भएको छ । नेपाली युवाको बैदेशिक रोजगारको सहज अनि सरल गन्तब्य यति बेला खाडी मुलुक बनेको छ ।

यो लाइन हो बैदेशिक रोजगारीका लागी खाडी मुलुकमा जाने सेवाग्राहीको लाइन हो । देशभित्र पर्याप्त रोजगारीका अवसरहरु नभएकोले दैनिक करिब १३ सय युवाहरु वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति प्राप्त गर्ने गरेका छन् ।

नेपालमा वर्षेनी करीव ६ र ७ लाख युवायुवती अर्को देशमा कमाउनको लागि जाने गर्दछन । आफ्नो देशमा राजनैतिक दलहरुको किचलो, सोचे जस्तो राम्रो काम नपाएर, परिवारिक जिम्मेवारी, मिहेनत अनुसार परिश्रमिक नहुनाले युवाहरू बैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएका छन् ।

तर सरकारले व्यवहारिकता नहेरी हचुवामा लिएको नीतिका कारण बैदेशिक रोजगारीमा जाने कामदारले आनावश्यक दुःख पाएका छन् । सरकारले श्रमका लागि विदेशीनेहरुले सम्बन्धित देशको नेपाली दुताबासको स्वीकृति लिनुपर्ने नीति लिएपछि दशैं/तिहार मनाउन आएका कामदारहरु समेत फर्कन नर्पाएर अलपत्र परेका छन् । सरकारको नीति एक्कासी परिवर्तन हुँदा रोजगारीबाट विदामा आएकाहरु समेत फर्कन नपाउँदा आक्रोसित भएका हुन् ।

बिदेशिएका युवाहरू मध्ये ७० प्रतिशत तराईवासी खाडी मुलुक लगायत मलेसियामा रोजगारी गर्न जाने गर्दछन । नेपालमा उचित रोजगारीको अवसर प्रदान नहुदा आफना परिवारलाइ छोडेर खाडी मुलुकमा जान बाध्य बनेका छन । सरकारले संबिधानमा हरेक नेपालीलाइ स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने बताए पनि त्यो भने व्यवहारमा कार्यन्वयन हुन नसक्दा लाखौ नेपाली युवाहरु बिदेशममा गएर आफनो श्रम बेचन बाध्य भएका छन । यसतर्फ सरोकारवालाहरुको बेलैमा ध्यान दिनु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);