दैनिक १ हजार ५ सय नेपाली युवा बैदेशिक रोजगारीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दैनिक १ हजार ५ सय नेपाली युवा बैदेशिक रोजगारीमा

bidesh

सीता शर्मा
काठमाडौं, २९ कात्तिक । देशमा पर्याप्त रोजगारीको अवसर नभएपछि अहिले दैनिक १ हजार ५ सय नेपाली युवा बैदेशिक रोजगारीमा गईरहेका छन् । उनीहरुलाई रोक्न सरकारसंग स्पष्ट नीति छैन ।

जीवनको सबैभन्दा उर्जाशिल समय नै युवा अवस्था हो । तर, यहि अवस्थाका लाखौ नेपाली युवाले अर्काे देशमा श्रम बेचिरहेका छन् । बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका दर्दनाक अवस्थालाई लक्षित गरी सरकारले हरेक वर्ष कार्यक्रम सार्वजनिक गदै आएको छ ।

सरकारसंग चालु आर्थिक वर्षमा पनि ५ लाखलाई युवालाई रोजगारी दिने योजना रहेको छ । तर, सरकारी योजना सफल हुनेमा युवाहरु आशावादी देखिदैनन् । सीप, क्षमता र योग्यताको आधारमा युवाहरुले रोजगारी नपाउँदा बेरोजगार हुनुपरेको उनीहरुको गुनासो छ।

आफ्नै देशमा केही गर्छु भनेर कामको खोजीमा रहेका युवाहरु आफुले चाहेको काम नपाउँदा अन्तत बैदेशिक रोजगारीमा जान बाध्य छन् । कृषि प्रधान नेपालमा युवाहरु कृर्षी क्षेत्रमा आकर्षित हुन सकिरहेका छैनन् ।

खेती योग्य जमिनहरु बाँझै हुँदा सरकारले उत्पादनमुलक काममा युवाहरुलाई परिचालन गर्न सकिरहेको छैन । कृषि क्षेत्रमा पनि नयाँ–नयाँ प्रविधिको विकास गर्न सके युवाहरुको संलग्नता वढाउन सकिने युवाहरुको भनाई छ ।

नेपालमा प्रत्येक वर्ष ५ लाख युवा श्रमबजारमा प्रवेश गर्दछन् । तर, उनीहरुको क्षमताका आधारमा रोजगारी नहुँदा बेरोजगारी बढ्दै गएको छ । यो वर्ष ५ लाखलाई रोजगारी दिने योजना कार्यान्वयन गर्दा युवाहरुको चाहना अनुसारका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);