१३ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा दुइजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१३ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा दुइजना पक्राउ

उदयपुर, २९ कात्तिक । उदयपुरको रौतामाई गाउँपालिका–३, लाफागाउँकी १३ बर्षीया बालिका एल्जिना खड्काको बलात्कार पछि हत्या गरेको अभियोगमा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीवार पत्रकार सम्मेलन गरी मृत्यककै गाउँका १५ वर्षीय दिपेन्द्र राई र १८ बर्षीय पदमबीर राईलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राईले घटनाको अनुसन्धान तथा शवको पोष्टमार्टमबाट बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको बताए ।

प्रहरीका अनुसार हत्यामा संलग्न दुइमध्ये दिपेन्द्र राई गाउँकै विद्यालयमासंगै पढ्ने साथी हुन् । अनुसन्धानबाट उनीहरुकै संलग्नता एकिन भएको र मृतकका बुवाले दुबैको नाममा किटानी जाहेरी दिएकाले उनीहरुलाई हिरासतमा राखी कानूनी कारबाहीका लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गत कात्तिक २४ गते शनिबार घरनजिकैको जंगलमा बाख्रा चराउन गएको अवस्थामा खड्गाको बलात्कार पछि हत्या भएको थियो । शनिबार साँझसम्म एल्जिना नफर्केपछि परिवार र गाउँलेले रातभर खोजी गरेका थिए ।

तर पनि फेला नपरेपछि भोलीपल्ट विहानैदेखि गाउँभरीकाले खोजी गर्दा दिउँसो तिर जंगलको घारीमा मृत अवस्थामा उनको शव फेला परेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);