चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीया युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीया युवक पक्राउ

विराटनगर । चार वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला घर भई आफन्तकोमा जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कात्तिक ४ गते साँझ ८ बजे नाबालिकालाई सरदारले घरदेखि केही पर लोहान्द्रा खोलामा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दीपक श्रेष्ठले बताए । 

पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान बढाइएको श्रेष्ठले बताए । पीडित बालिकाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाको छ ।

बालिकालाई कोसी अस्पतालमा भर्ना गरी उपचार गर्न थाले पनि रक्तस्राव नरोकिएपछि नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि आफन्तले लगेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रक्तस्राव रोकिएपछि अहिले पुनः कोसी अस्पतालमै उनको उपचार भइरहेको छ । उनीहरू नातेदारसमेत रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);